कात्तिक २६, काभ्रे । काभ्रेमा विप्लप समुहको कार्यकर्ता पक्राउ परेको हो । नेपाल सरकाबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लप समुहमा आवद्ध रही काभ्रे जिल्ला स्थित प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन बाट धाकधम्की दिई चन्दा माग ग र्दै हडिेका वर्ष ५४ को मधुसुधन बजगाई पक्राउ परेका हुन ।
सूचनाको आधारमा उक्त समुहमा आबद्ध नेता तथा कार्यकर्ताहरुको सम्बन्धमा सूचना संकलन एवं खोजतलास गरी पक्राउको लागि ईलाका प्रहरी बनेपा कार्यालयबाट प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आफ्नो टोली परिचालन गरी खोजतलासको क्रममा बुधबार बिहान काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटी चौर एक्लेखेत घर हुने हरि बजगाईको छोरा मधुसुधन बजगाईलाई स्थायी वतनमा फेला पारी निजलाई प्रहरी टोलीले सोधपूछ गर्ने क्रममा निजले प्रहरीले सोधपूछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेको हुँदा उनलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको बनेपा प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा बजगाईले आफु नेपाल कम्युनिष्ट पार्टि माओवादी विप्लप समुहको जिल्ला कमिटी सदस्य भई पार्टिको निति निर्देशानुसार काम कारवाही गर्दै आएको हो भनि बताए ।