• २०८३ जेष्ठ ६ गते बुधवार

उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ।

बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षिय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ । साथै उज्यालो नेपाल पार्टीले आगामी निर्वाचन चिम चुनाव चिन्ह् लिएर भाग लिने निर्णय गरेको छ।’

बैठकले पार्टीको अध्यक्षबाट अनुप कुमार उपाध्यायले व्यक्तिगत कारण देखाएर दिनु भएको राजीनामा स्विकृत गरेर उनलाई पार्टीको विधान अनुसार संरक्षकको भूमिका दिने निर्णय गरेको छ । साथै, पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई सर्वसहमतिले नियुक्त गर्ने निर्णय पनि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस