• २०८३ जेष्ठ २३ गते शनिवार

आज नेप्से परिसूचक २५.९८ अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५ , काठमाडौँ। साताको तेस्रो दिन आज सेयर कारोबार नेप्से परिसूचक २५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले बढेको छ । योसँगै मंगलबार कारोबार रकमले समेत दशैं पछिको नयाँ रेकर्ड राखेको छ ।

दिनभर ३८ हजार ६ सय ३४ कारोबारबाट १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै जीवन बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यो उपसमूहले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । जीवन बिमा उपसमूह ४७६.३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

Sharing

प्रतिक्रिया दिनुहोस