• २०८३ साउन २८ गते बिहिवार

लुम्बिनीमा सरकार निर्माण गर्न तीन दलबीच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौँ ।   नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेशमा सरकार गठन बारे सहमति भएको छ । सहमति अनुसार लुम्बिनी प्रदेशआमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् । सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले नै गर्ने भएको छ । ८३ सदस्यीय प्रदेश सभामा एमालेको २९, नेकपाको १३ र राष्ट्रिय जनमोर्चाको १ सिट रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस