• २०८३ भाद्र ६ गते शनिवार

स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, पर्सा । पर्सामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट भारत रक्सौल पूर्वी चम्पारण १० बस्‍ने ५० वर्षीय कृष्णकुमार जैनलाई १६ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना. ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको हो । पक्राउ परेका जैनमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस