• २०८३ जेष्ठ १८ गते सोमवार

थप ३०५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ८५ हजार ९ सय ७४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ । थप ३ हजार ५१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३४ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४८ हजार ४ सय ८ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस