• २०८३ कार्तिक ९ गते आइतवार

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 असोज ९, काठमाडौं । प्रहरीले श्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँ सहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति पक्राउ गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार मालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेको रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस