• २०८३ जेष्ठ १९ गते मङ्गलवार

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, काठमाडौँ। गीत, संगीतको विषयमा पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै पप गायक भिटेन समिर घिसिङ लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस