• २०८३ बैशाख ७ गते सोमवार

अस्थाई प्रहरी पोष्ट फत्तेपुर (ख) ले बाढीमा फसेका ३ महिलाहरुको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, बाँके । राती परेको झरीले आएको बाढीमा फसेका नीन जना महिलाहरुको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके अनुसार दाउरा घाँस काट्न राप्ती नदिको बिचमा रहेको भग्रा (चउर) मा गएका राप्तिसोनारी गाउँपालिका वडा नं ६ खल्लाटपरी बस्ने ५० वर्षीया घुमी पुन मगर, ५१ वर्षीया रिता पुन मगर र सोही ठाउँ बस्ने ६० वर्षीया झुपी बुढाथोकीको उद्धार गरिएको हो ।

राप्ती नदिमा बाढी आएर बिचमा अलपत्र परेको भन्ने खबर लगत्तै अस्थाई प्रहरी पोष्ट फत्तेपुर (ख) बाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुको उद्धार गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस