कार्तिक १८, काठमाडौँ । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको हो । जसको मूल्य करिब एक करोड ६२ लाख रुपैयाँ रहेको बताइएको छ ।