• २०८३ बैशाख ८ गते मङ्गलवार

कांग्रेस पदाधिकारी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने सानेपा श्रोतले जनाएको छ । केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस