कार्तिक १४ , काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाम फेरिएको छ । सिनेमा नयाँ नाम ‘लक्ष्मी’ हुनेछ । सिनेमामा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् ।
राघव लरेन्सको निर्देशनमा बनेको सिनेमा बिहीबार सेन्सरबाट पास भएको छ । सेन्सर सदस्यहरूसँगको छलफलपछि धार्मिक भावनालाई ध्यानमा राख्दै सिनेमाको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ बनाइएको हो ।
हालै मुकेश खन्ना लगायतका केही कलाकार र मानिसहरूले सिनेमाको शीर्षकमाथि प्रश्न उठाएका थिए। उनीहरूले सिनेमाको नामले मानिसहरूको धार्मिक भावनालाई चोट पुर्याउने आरोप लगाएका थिए ।