• २०८३ जेष्ठ ६ गते बुधवार

थप ३ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक , १४ काठमाडौँ । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो । चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा थप एकजना बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस