कार्तिक १२, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९६, भक्तपुरमा २९ र ललितपुर ११८ गरी ८४३ जनामा संक्रमण पुष्टि भएको हो ।
थप १९ सय ५४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।