कात्तिक ४, काठमाडौं । २०२० (HWPL) कोभिड-१९ को उन्मूलन र महामारीमा धार्मिक समुदायको शान्तिको कामलाई निरन्तरता दिन आह्वान गर्दै अक्टोबर २६ मा विश्व अन्तरविश्वाश अनलाइन प्रार्थना सम्मेलन गरिनेछ। यो सम्मेलनको उद्देश्यचाहिँ कोभिड-१९ को कारणले पीडित मानिसहरु र विश्वका धार्मिक समुदायहरुको निम्ति आशाको सन्देश पुर्याउनु हो र सबैलाई एक्क्रत्रित गरि महामारीलाई धर्म र महाद्वीपहरु भन्दा माथि उठाएर संगै पार गर्ने मंचको रुपमा निर्माण गर्ने भएकाे छ।

हेवेनली कल्चर, वर्ड पिस, रिइस्टेरेसन् अफ लाईट (HWPL) आयोजक संस्था, कोरियामा रहेको अन्तर्राष्ट्रिय शान्ति संस्था हो जो युएन दिपारमेन्ट अफ ग्लोबल कम्युनिकेसन र ECOSOC अन्तर्गत अन्तरविश्वाश संवाद बैठक जस्ता विभिन्न विश्वव्यापी गतिविधिहरू सञ्चालन गर्दछ, जुन वार्प (WARP) कार्यालय बैठकहरू भनेर चिनिन्छ। वार्प कार्यालय बैठक आपसी सम्मान र खुला वार्तामा आधारित विभिन्न धार्मिक समूहहरू बीचको सञ्चार बलियो पार्न २०१४ मा शुरू भएदेखि १२ देशहरुमा सञ्चालन भइरहेको छ।
३ महाद्वीपका विभिन्न धार्मिक समूह, नागरिक समाज, र युवाहरूका अगुवाहरू र सदस्यहरू सहित करीव ८०० व्यक्तिले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ। उहाँहरू मध्ये धेरै धार्मिक अगुवाहरूले HWPL वार्प कार्यालय बैठकमा पहिले नै भाग लिनु भएको अनुभव छ । “मैले HWPL सँग तीन वर्ष काम गरिसकें। मैले वार्प कार्यालय बैठकमा धेरै चोटि उपस्थिति जनाई सकेको छु। यसले मलाई मेरो धर्म र परम्परा अनुसार मेरा विचारहरु व्यक्त गर्ने अवसरहरू प्रधान गर्यो । मलाई लाग्छ HWPL प्रार्थना सम्मेलनले हरेक धर्मलाई मंच प्रदान गर्नेछ जसले तिनीहरूलाई मानवताका लागि कार्य गर्न सक्षम बनाउँछ। ” सिख चाप्लिन अफ एक्क्षम पार्क होस्पितलका, निर्मल्जित सिंह ( इंगलैंडका सिख धर्म मन्त्रि )ले भन्नुभयो।
सम्मेलनमा ६ विभिन्न धार्मिक समूह बौद्ध, हिन्दू, यहूदी, सिख, ईसाई धर्म र इस्लाम धर्मका धार्मिक अगुवाको वक्तव्य समाबेस गरिएको छ र कोभिड-१९ लाई पार गर्न विभिन्न विश्वास पृष्ठभूमिका मानिसहरुको आवाजलाई एकताबद्ध गर्न प्रार्थना सत्र सम्मिलित छ। HWPL दक्षिणी सियोल घ्येओङ्ग्गि शाखा को प्रमुख प्रबन्धक, होइह्यियोन जेओन्ग भन्नु हुन्छ , “२०२० HWPL विश्व अन्तरविश्वाश अनलाइन प्रार्थना सम्मेलन एउटा यस्तो कार्यक्रम हो जहाँ कोभिड-१९ महामारीको शिकार भएका मानिसहरुको परिवारलाई सान्त्वना दिन सबै धार्मिक व्यक्तिहरु भेला हुन्छन् र मानिसहरुले हृदय एकजुट गरि कोभिड-१९ को अन्त्यको निम्ति प्रार्थना गर्छन्। मलाई आशा छ कि महामारीको समयमा विभिन्न धर्महरूको मेलमिलापको माध्यमबाट विश्व शान्ति अवलोकन यो सम्मेलन वर्षको सबैभन्दा अर्थपूर्ण घटना हुनेछ।”
शान्ति प्रेमीको लागी सम्मेलन नि:शुल्क र खुल्ला छ। अनलाइन दर्ता फारम अक्टुबर २३ सम्म https://forms.gle/PUv1zPSDy8xzKWct7 मा उपलब्ध छ। दर्ता नभएका व्यक्तिहरू सम्मेलनको दिनमा प्रत्यक्ष यो लिंकबाट https://www.facebook.com/hwplph/ सामेल हुन सक्नु हुन्छ।