कार्तिक ४, काठमाडौँ । थप ३ हजार ९३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १३ हजार ८ सय ६१ जनामा परिक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ सय जना रहेको छ ।