• २०८३ जेष्ठ ६ गते बुधवार

११ कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाउन मन्त्रालयको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक , ४ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन निर्देशन दिएको छ ।

कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको छ । मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रम अनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरूलाई निर्देशन दिएको हो । केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको छ ।

साथै अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिने मन्त्रालयले जनाएको छ । विद्यालयहरूले नयाँ पाठ्यक्रम लागू गरे वा नगरेको अनुगमन हुनेसमेत मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस