• २०८३ जेष्ठ १५ गते शुक्रवार

बस दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, दाङ। प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।आज बिहान ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस