• २०८३ जेष्ठ ३० गते शनिवार

बुटबलमा एक कोरोना सङक्रमित महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएके छ ।

सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराएकी महिलाको कोरोना संक्रमण देखिएपछि कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । ती महिलामा मधुमेहको समस्या थियो । योसंगै बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस