कार्तिक ३, मुगु। मुगुमा घोरलको छाला ,१० केजिमासु सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिमाली जिल्ला मुगुमा पछिल्लो समयचोरी शिकारी बढिरहेको अवस्थामा जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ११ बाट दुई जनाव्यक्ति सहित १० केजिमासु र २ थान घोरलको छाला सहितप्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाको आधारमा नेपाल प्रहरीको छाईलमा रहेको प्रहरी चौकि बाट खटि गएको प्रहरी सहायक निरिक्षक भिम हितानको नेतृत्वमा रहेको टोलिले चेक जाँचगर्ने क्रममा छायानाथ रारा नगरपालिका वडा नं ११ का कृष्ण बहादुर सावत र गोविन्द्रा बहादुर सावतको झोलामा उक्त घोरलको २ थान छाला र १० केजिमासु बरामद गरिएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी निरिक्षक तथा सुचनाअधिकारी भिमदत्तजोशिजानकारी दिए ।

उहाकाअनुसार थप अनुसन्धानकालागि बरामदगरिएको सामान , कागजात सहित डिभिजन बनकार्यालय मुगु लाई बुझाईएको सुचनाअधिकारी जोशिले थपबताए । यता डिभिजन वनकार्यालय मुगुका सुचनाअधिकारी बसन्तकुमार शाहीकाअनुसार जंगलीजनावर जस्तो मासु देखिएको छ , उनले यसको थक अनुसन्धा नभई रहेको जानकारी दिएका छन् । नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन जिल्ला समन्वय समितीका प्रमुख सहितअन्य नेकपाका नेतालागि परिरहेको पाईएको छ ।
