• २०८३ भाद्र ६ गते शनिवार

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन । एक्कासी रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस