जेठ २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सममेलनमा जनाए अनुसार संक्रमित मध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ५८४ जना रहेको मन्त्रालयले जनाएको छ ।