काठमाडौँ, २८ असोज । बुधबार सुन चाँदीको मूल्य घटेको छ । मंगलबार तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो ।
तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ भने चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ५ रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।