• २०८३ कार्तिक २८ गते शुक्रवार

उपाध्यक्ष गौतमबिरुद्धको मुद्दा आज पनि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको फेरी स्थगित भएको छ । आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोक्नुभएको छ ।

असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य नियुक्त गर्नुभएको थियो । त्यसपछि गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गर्नुभएको थियो ।

उपाध्याक्ष गौतमको मुद्दाका लागि गठन गरिएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा रहनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस