असोज २७, लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले कोरोना कोभिड-19 को माहामारीको समयमा समाजमा बालबालिका विरुद्ब विभिन्न किसिमका घटनाहरु हुने र हिंसामा पर्ने, विपदमा परि अकालमा मृत्यु हुने जस्ता घटनाहरुलाई न्यूनिकरण गर्नेको लागि प्रहरी विशेष कार्यक्रम ल्याई अभियान संचालन गरिएको छ।

यस कार्यक्रममा प्रहरी कार्यालयमा बालबालिकाको हिंसा उजुरी सुन्ने हेल्प डेस्क, हिंसामा परेकालाई तत्काल उद्दार, उपचार, काउन्सिलिङ र कानूनी प्रकृया गर्ने जस्ता कार्यहरु को साथै बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्नको लागि टोल टोलमा प्रहरी गस्तीबाट जानकारी गराउने कार्य समेत गरिएको छ । यसै सिलसिलामा लुम्बिनी प्रदेश मातहत रहेका १२ वटा जिल्लाहरुमा बालबालिकाको संरक्षणलाई कार्य गरिरहेका संघ सस्थाहरुसंग टेलिफोनबाट अन्तरकृया गरी समस्या, सुझाव र बालबालिकालाई अझबढी संरक्षण कसरी गर्न सकिन्छ, त्यस्ता अपराध न्यूनिकरण गरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिति २०७७।०६।२३ गते देखि २०७७।०६।२४ गते सम्म निम्न अनुसारका संघसस्थाहरुसंग अन्तरकृया सम्पन्न भयो।

उक्त अन्तरकृयामा प्रहरीले हाल बालबालिकासंग सम्बन्धित अपराधको अनुसन्धान तथा पीडितहरुलाई गरिने व्यवहार प्रति संवेदनशील भएको र प्रदान गरिरहेको सेवा सन्तोषजनक रहे पनि प्रहरी र बालबालिसंग सम्वन्धित संस्थाहरु विच सहकार्यमा वृद्बी हुनु र विभिन्न पक्षबाट घटनाहरुलाई आफ्नो पक्षमा बनाउन समय समयमा दबाब दिने अवस्था देखिने हुँदा त्यसमा कमि गर्नु पर्ने सुझाव दिनु भयो।