असोज २६, काठमाडौँ । थप ४ हजार ४७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना भाइरस पुष्टि भएको छ ।


