माघ ८, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् ।
आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए । भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए । घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।