• २०८३ बैशाख २० गते आइतवार

प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २६, बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् ।नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् ।उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् ।यही असोज २० गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘लुम्बिनी’ नामकरण गर्ने र राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित गरेको थियो ।


मगर संघका अध्यक्ष नवीन रोका मगर र मगरात संयुक्त संघर्ष समितिका संयोजक बोम दर्लामी मगरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना विपरीत, नेपालको संविधान र संघीयताको मर्म विपरीत कार्य भएको उल्लेख छ ।कुनै धार्मिक पहिचानका आधारमा मात्र सीमित भएर ‘लुम्बिनी’ नामाकरण गरिएको भन्दै उनीहरुले ऐतिहासिक मानव पहिचान र सभ्यताको आधारमा ‘मगरात–लुम्बिनी’ नामाकरण गर्न माग गरेका छन् ।आफूहरुको मागलाई बेवास्ता गरिएमा साविकका प्रदेश नं। ४, ५ र ६ को ऐतिहासिक मगरात भूगोललाई समेट्ने गरी एकीकृत मगरात स्वायत्त प्रदेश निर्माणका लागि सशक्त आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत विज्ञप्ति मार्फत् दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस