असोज २६, काभ्रे । बेथानचोक गाउँ पालिका वडा नं. ४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएका सुवास सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेबाट खटिएको प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिना समेतको टोलीले खोजतलाश गर्दै जाने क्रममा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ मा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
२०६९कात्तिक ८ गते सुवास सुनार समेतले चलाल गणेशस्थान गा.बि.स.वडा नं. ३ हाल बेथानचोक गा.पा.वडा नं. ४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई कार्यक्रम सकेर सोही कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा १८ वर्षका एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी कर्तब्य गरी मारी फरार भएका थिए । उनलाई लुकिछिपि बसिरहेको अबस्थामा पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा दाखिला गरिएको थियो । उनलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम जिल्ला कारागार कार्यालय धुलिखेल काभ्रेमा थुनामा राख्न पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ ।