• २०८३ मङ्सिर ३ गते बुधवार

काठमाडौँ उपत्यकामा थप १४१६ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४१६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी १४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २ हजार ७२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७५ जना पुगेको छ ।  मन्त्रालयका अनुसार आज १५ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७५ हजार ८ सय ४ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस