• २०८३ जेष्ठ २ गते शनिवार

उपत्यकामा १४०९ थप जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४०९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी १४०९ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २ हजार ५९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज १६ सय ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७३ हजार २३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस