• २०८३ बैशाख १५ गते मङ्गलवार

एनपीएल: कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर १२, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको हो ।
कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए ।
त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस