असोज २०, काठमाडौँ । थप १५ सय ५१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको ११ हजार ४७ जनामा परिक्षण गर्दा १५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २३ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेको छ ।