आश्विन २०, एजेन्सी। दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ९आईपिएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायोटस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले सन्दीपलाई भने मैदान उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् ।