असोज २०, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.विकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:०० बजे ।
२.सोलिडारिटी फर डा.गोबिन्द केसी अलायन्सले चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान :- नक्साल भाटभटेनी ।
समय :- १३:३० बजे ।
३.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने ।
स्ततान :- प्रधानमन्त्री निवास,बालुवाटार ।
समय :- १६:०० बजे ।
४.साझा पार्टी बागमती प्रदेश समितिले अनसरत डा.गोविन्द केसीको समर्थनमा शान्तिपुर्ण प्रदर्शन गर्ने ।
स्थान :- बालुवाटार ।
समय :- १६:०० बजे ।
५आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।
६.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।
७.आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर निमित्त क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते १५:०० बजे देखि गरेको तालाबन्दी जारी ।
८.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)
९.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थान :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
१०.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।