असोज १९, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० गरी १५३१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ११ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६५ हजार २ सय २ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ५४ जना पुगेको छ ।
थप २४ सय ४० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८९ हजार २ सय ६३ जना पुगेको छ ।