• २०८३ बैशाख ९ गते बुधवार

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ। भारतको दार्जिलिङमा बसेर नेपालमा साइबर अपराध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय पसल रोकाया छन् । उनलाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको बताइएको छ ।

एक अनुसन्धान अधिकृतका अनुसार रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेका थिए । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि छ । उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि भनिएको छ । साथै, उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि प्रहरीको भनाइ छ । काठमाडौं ल्याएर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस