• २०८३ बैशाख ७ गते सोमवार

कालीकोटबाट विभिन्न हातहतियार सहित धनराज शाही पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

१२ चैत, कालीकोट । कालीकोट तिलागुफा नगरपालिका ६ बस्ने ३४ वर्षीय धनराज शाहीलाई जिलेटीन ३२ थान, ईलेक्ट्रीक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटर सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

खाँडाचक्र नगरपालिका(५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिई गएको प्रहरी भ्यानलाई लक्षित गरी बिष्फोटक पदार्थ प्रहार गर्न लाग्दा उनलाई उक्त हातहतियार सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकोछ ।

Sharing

प्रतिक्रिया दिनुहोस