असोज १४, बारा । प्रदेश २ प्रहरीले अबैध रुपमा लुकाईराखेको करोडौ मुल्य बराबरको केराउ पक्राउ गरेको छ । श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिंग प्रा.ली.परवानीपुर गा.पा.वार्ड नं.३ लिपनीमा रहेको फार्मबाट करोडौ मुल्य बराबरको केराउ बरामत गरेको हो ।
प्रिज्म एग्रो कमोडिटिज ट्रेडिंग प्रा.ली. फर्मको प्रोपाईटर वेदान्त जंग राणाले बीरगंज महानगरपालिका वडा नं. १६ ईनारवा गाउँ स्थित नेपाल भारतको सीमाना नजिकै अबैध रुपले गोदाममा स्टोर गरी राखेको ६५०० बोरा प्रति बोरा ५० किलोको दरले तीन लाख पच्चीस हजार किलो हरियो केराउको अन्दाजी मूल्य रु.२ करोड ६० लाख बराबरको केराउ भारत तर्फ तस्करी गर्ने उद्देश्यले जम्मा गरी राखेकोमा २ नं. प्रदेश प्रहरी कार्यालयको एवं जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीद्वारा बरामद गरिएको हो । साथै यस फर्मका म्यानेजर प्रभात श्रेष्ठ र बरामद सवारी साधन ना.६.२.८७१० नं.ट्याक्टर समेत नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको २ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।