• २०८३ असार १२ गते शुक्रवार

गजल ! “हामी आफ्नै शन्तान भित्र लड्दैछौँ सदियौँ”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

हामी आफ्नै शन्तान भित्र लड्दैछौँ सदियौँ,
सामन्त बादी सँस्कार तर्फ बड्दैछौँ सदियौँ।

घर धुरी हम्म पुग्यो बिदेशी हैकम जमाउँदै,
हामीले बुजुर्वा सँस्कारमै अड्दैछौँ सदियौँ।

चडायौँ प्राणको आहूती रक्षक बनि जस्को,
भालाझैँ उस्कै दुश्मनलाई गड्दैछौ सदियौँ।

दुनिया ले आकाश मा पलाटिङ्ग गरि रहँदा,
हाम्रो समाज छुवा छुतमा सड्दैछौ सदियौँ।

आज जनताले साग सब्जिको कर तिर्दै छ,
बिकाशको नाउँ मा पाउँमै पड्दैछौ सदियौँ

अरुको देश मा बिकाशले सिखर चुमेको छ,
हामि गरीबी रेखाको चुलीमै चड्छौँ सदियौँ।

Sharing

प्रतिक्रिया दिनुहोस