• २०८३ जेष्ठ ५ गते मङ्गलवार

उपत्यकामा आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
असोज १४, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १०:४५ बजे ।
२.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:०० बजे ।
३.काठमाडौं महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ले गएको २२ दिनदेखि काठमाडौं महानगर क्षेत्रभित्रका खाद्यान्न, तरकारी र फलफूल बजारको नियमित अनुगमनको क्रममा बजारमा देखिएको अवस्थाका बारेमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गर्ने ।
स्थान :- राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग ।
समय :- १४:०० बजे ।
४.सोलिडारिटी फर डा.गोबिन्द केसी अलायन्सले चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान :- पाटन दरवार स्क्वायर ।
समय :- १६:०० बजे ।
५.अनेरास्ववियूले बलात्कार पछि हत्या भएको स्व. सम्झना कामीलाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरि दिप प्रज्वलन कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १७:०० बजे ।
६.आंशिक प्राध्यापक संघ सानोथिमी क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१२ गते १५:०० बजे देखि गरेको तालाबन्दी जारी ।
७.आंशिक प्राध्यापक संघ अमृत साइन्स क्याम्पस कमिटिले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्ष,प्रशासन शाखा र लेखा शाखामा मिति २०७७/०६/१३ गते ६:०० बजे देखि गरेको तालाबन्दी जारी ।
८.त्रि.बि.बि शिक्षण अस्पताल महाराजगंजका पुर्व प्रा.डा.गोविन्द केसीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी मिति २०७७/५/२९ गते देखी बसेको अनशन जारी रहेको । (हाल त्रिवि शिक्षण अस्पतालकाे NX1भबनकाे ५०१ नम्बर क्याबिनमा उपचार गराइ रहेको ।)
९.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
१०.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस