असोज १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना पुष्टि भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ६८ वर्षीय एक पुरुष, सर्लाहीकी ७२ वर्षीय एक महिला, महोत्तरीका ५८ वर्षीय एक पुरुष, काठमाडौंकी ५७ वर्षीय एक महिला र ६० र ७० वर्षीय दुई पुरुष, चितवनका ५५ वर्षीय एक पुरुष, बाँकेकी ७६ वर्षीय एक महिला र ५३ र ३९ वर्षीय दुई पुरुषको निधन भएको छ ।

त्यस्तै थप १५ सय १३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ ।