• २०८३ बैशाख १४ गते सोमवार

आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड: मन्त्री भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने जानकारी गराउनुभयो । संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने समेत उहाँले बताउनुभयो ।

संस्थान, वित्तिय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताउँदै उहाँले यो अभियानमा साथ दिन निजी क्षेत्रहरुलाई समेत आग्रह गनुर्भयभो । मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको बताउँदै उहाँले हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस