कात्तिक २०, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका सबै विद्यालयहरु आजदेखी अनिश्चितकालका लागि बन्द गरिने भएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार एक सूचना प्रकाशित गर्दै गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरु अर्को सूचना प्राप्त नभएसम्मका लागि बन्द गर्न आग्रह गरेको हो ।
पञ्चकन्यामा मंगलबार गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना पोजिटिभ देखिएपछि असोज ६ देखि सञ्चालित विद्यालयहरु बन्द गराउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडाशैनीले जानकारी दिए ।