असोज ८, काठमाडौँ । थप १४ सय ९७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ७ सय ४९ नमुना परीक्षण गर्दा १४ सय ९७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५० हजार ४ सय ११ जना रहेको छ ।