• २०८३ जेष्ठ ४ गते सोमवार

धरानमा थप २ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५,धरान । धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ । सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ ।  मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस