असाेज १, काठमाडौं । नेपालमा ५ जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रावक्ता डा. जागेश्वर गौतमका सोलुखुम्बू, डोल्पा, मुस्तांङ, मुगू र हुम्ला कोरोनामुक्त रहेकाे बताएका हुन ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । मन्त्रालयका अनुसार आज १२ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।