• २०८३ असार ५ गते शुक्रवार

कोरोनाले काठमाडौँ–तराई द्रुतमार्गको काममा बाधा: समय सीमाभित्रै सम्पन्न हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । नेपाली सेनाले काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ । मंगलबार काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो ।

तर, आयोजनाले लकडाउनकाबीच पनि गीत भने लिइरहेको सेनाले बताएको छ । आयोजनालाई पूर्णपारदर्शी, नियम संगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको भन्दै सेनाले ३० भदोसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस