• २०८३ असार ११ गते बिहिवार

डोटीका पूर्व एमाले जिल्ला अध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, डोटी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ । मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस