• २०८३ जेष्ठ २१ गते बिहिवार

मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू:स्वास्थ्य मन्त्रालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने छ ।


कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् । अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस